बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा १० प्रतिशतसम्म बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ३ २०७९
images
पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा १० प्रतिशतसम्म बढ्यो

देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन्।

images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ। निगम प्रवक्ता विनितामणी उपाध्यायका अनुसार सञ्चालक समितिको चार वर्षअगाडिको निर्णय कार्यान्वयन गर्दै भाडा बढाउने निर्णय भएको हो।

images
images
images

समग्रमा ८ देखि १० प्रतिशत भाडा बढेको उनको भनाइ छ।

images
images

शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको उनले जानकारी दिए। देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन्।

images
images
Nepal-aayal-nigam-2.jpg


प्रकाशित : आइतबार, पुस ३ २०७९०५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend