बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

औद्योगिक कच्चा पदार्थको मूल्य २२ प्रतिशतले बढ्यो

images
आइतबार, पुस ३ २०७९
images
औद्योगिक कच्चा पदार्थको मूल्य २२ प्रतिशतले बढ्यो
images
images

काठमाडौं- देशभित्रै उत्पादन मुलक उद्योगले प्रयोग गर्ने औद्योगिक कच्चा पदार्थको मुल्य २२ प्रतिशत भन्दा बढीले बढेको एक सर्वेक्षणले देखाएको छ। औद्योगिक कच्चा पदार्थको मुल्य बढ्दा उत्पादन लागत समेत बढेको नेपाल उद्योग परिसंघले गरेको सर्वेक्षणमा उल्लेख छ।

images
images
images

उद्योग परिसंघले एक दर्जन भन्दा बढी क्षेत्रमा सहभागी उद्योगी व्यापारीसँग गरेको सर्वेक्षणले ‍औद्योगिक कच्चा पदार्थको मुल्य बढेको देखाएको छ। सर्वेक्षणले सम्रगमा २२ दशमलब ७७ प्रतिशतले ‍औद्योगिक कच्चा पदार्थको मुल्य बढेको देखाएको छ। जसमा कृषिजन्य कच्चा पदार्थको मुल्य ३६ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ। तर कृषिजन्य बस्तुको माग भने ३० दशमलब ७१ प्रतिशतले घटेको सर्वेक्षणमै उल्लेख छ।

images
images

यसैगरी अटोमोबाइल क्षेत्रमा प्रयोग हुने ‍औद्योगिक कच्चा पदार्थको मुल्यमा भने ठूलो परिवर्तन देखिएको छैन। सरकारले चैतदेखि केही बाहेक अधिकांश सवारी आयातमा प्रतिबन्ध लगाएको थिए। जसका कारण यो क्षेत्रको नयाँ व्यवसायीक योजना समेत रोकिएको  थियो। अटोमोबाइल क्षेत्र व्यापारमै धराशय भएको हुँदा कच्चा पदार्थको समेत प्रयोग हुन सकेको थिए। सर्वेक्षणमा अटोमोबाइल क्षेत्रको औद्योगिक कच्चा पदार्थमा भने १.६ प्रतिशतले मुल्य बढेको उल्लेख छ।

images
images

परिसंघकै सर्वेक्षणमा सिमेन्ट उत्पादनमा प्रयोग हुने औद्योगीक कच्चा पदार्थको मुल्य ३४ दशमलब ५ प्रतिशतले बढेको उल्लेख छ। जसका कारण सिमेन्टकए उत्पादन लागत बढेको र माग पनि ४९ दशमलब २ प्रतिशतले घटेको छ। यसैगरी इन्जिनियरिङ तथा निर्माण कम्पनीको क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थको मुल्य १५ दशमलब ६ प्रतिशत र ई-कमर्सको क्षेत्रमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको मुल्य २ दशमलब ३ प्रतिशतले बढेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ।

यसैगरी एफएमसीजी क्षेत्रको औद्योगिक कच्चा पदार्थ मुल्यमा २६ प्रतिशत, फुटवेयर क्षेत्रमा उद्योगले प्रयोग गर्ने औद्योगिक कच्चा पदार्थको मुल्य २८ दशमलब ७ प्रतिशत र ग्यासँगको  क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थको मुल्य ४८ प्रतिशतले बढेको छ। साथै आइटी क्षेत्रको २३ दशमलब ४ र अन्य उत्पादन मुलक उद्योगमा प्रयोग हुने कच्चा पदार्थको मुल्य १७ दशमलब ६ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ।

यसैगरी गार्मेन्ट तर्फ १४.६,  स्टील उत्पादन उद्योग तर्फ १३.६ र  रियल स्टेट तर्फ ४७.६ प्रतिशतले औद्योगिक कच्चा पदार्थको मुल्य बढेको छ। तर प्लाष्ट्रिक उत्पादन  गर्ने उद्योगले प्रयोग औद्योगिक कच्चा पदार्थको मुल्य १.८ प्रतिशतले घटेको छ। 

साथै औषधीजन्य उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने औद्योगिक कच्चा पदार्थको मुल्य भने २० दशमलब ३ प्रतिशतले बढेको छ। औद्योगिक कच्चा पदार्थको मुल्य बढ्दा उत्पादन लागत बढेको छ। बस्तुको माग पनि घटेको छ। नयाँ व्यवसायीक योजना समेत रोकिएको परिसंघको सर्वेक्षणमा उल्लेख छ।


प्रकाशित : आइतबार, पुस ३ २०७९०२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend