बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण, २ महिनाभित्र सञ्चालनमा आइसक्ने

images
शनिबार, पुस २ २०७९
images
मुख्यसचिव बैरागीद्वारा लुम्बिनी केवलकारको स्थलगत निरीक्षण, २ महिनाभित्र सञ्चालनमा आइसक्ने

उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे। 

images
images

लुम्बिनी- मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले लुम्बिनीमा निर्माणाधिन केवलकारको अवलोकन गरेको छ। शनिबार लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गर्दै उनीहरुले निर्माणसम्बन्धी जानकारी लिएका हुन्।

images
images
images

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगती विवरण लिनुका साथै केवलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए।

images
images

उनले यस केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे। 

images
images

सो अवसरमा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १/२ महिना भित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए। उनले केवलकारको करिब ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए। 

'अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउँछ। तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ,' उनले भने, 'केवलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ।' 

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केवलकार सहितको रिसोर्ट नयाँ पर्यटकिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ।


प्रकाशित : शनिबार, पुस २ २०७९११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend