बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

images
शनिबार, पुस २ २०७९
images
व्यावसायिक आइडिया भए लगानीको समस्या छैन : वरिष्ठ उपाध्यक्ष ढकाल

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको उनले बताए। 

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।

images
images
images

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताएका हुन्।

images
images

'यदि तपाईँसँग आइडिया छ, तपाईँ आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईँलाई लगानीको समस्या हुँदैन। बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरु तपाईँलाई लगानी गर्न तयार हुन्छन्। अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ। तर मलाई लाग्छ यो समस्या लामो रहँदैन। विस्तारै सहज हुँदै जान्छ,' उनले बताए। 

images
images

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको उनले बताए। 

अहिले निजी क्षेत्रले उठाएको एजेन्डाहरु निजीक्षेत्रको मात्र नभइ समग्र अर्थतन्त्रको सुधारको लागि रहेको बताउँदै उनले निजीक्षेत्रका एजेण्डा भन्दै वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने उल्लेख गरे।उनले सरकारी संयन्त्रबीच एकआपसमा समन्वयको कमी रहेको यसको मार निजीक्षेत्रले खेप्नुपरेको बताए।

रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने विश्वास व्यक्त गरे। 


प्रकाशित : शनिबार, पुस २ २०७९११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend