बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

यी हुन् संसारका १० सर्वाधिक ‘इनोभेटिभ’ मुलुक, नेपालको स्थान कहाँ

images
शनिबार, पुस २ २०७९
images
यी हुन् संसारका १० सर्वाधिक ‘इनोभेटिभ’ मुलुक, नेपालको स्थान कहाँ

नेपालले भने इनोभेटिक देशको सूचीमा १७.६ अंक पाएको छ। पूर्विएसियाबाट नेपालभन्दा कम अंक पाउनेमा लाओस (१७.४) र म्यानमार (१६.४) रहेका छन्। 

images
images

काठमाडौं- संसारमा नयाँ कुराको आविष्कार हर बखत भइनै रहेको छ। त्यसरी हुने अविष्कार त्यसै भने भएको छैन। यसका लागि कम्पनी, संस्था तथा सरकारले वर्षौंदेखि अर्बौं डलर लगानी गरिहेका हुन्छन्। 

images
images
images

नयाँ कुरा आविष्कार गर्नका लागि रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्ड डी)मा ठूलो लगानी आवश्यक हुन्छ। सन् २००० यता विश्वभर आएएन्डडीमा हुने लगानी तेबरभन्दा बढीले वृद्धि भएको छ। त्यसयता आरएन्डडीमा २४ खर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइसकेको छ। 

images
images

विगतमा अनुसन्धान र विकासमा सीमित देश तथा कम्पनीहरुलेमात्र लगानी गर्दै आएका थिए। तर अहिले यसको व्यापकता भने उल्लेख्य रुपमा बढेको छ। यसको उदाहरणको रुपमा १९६० ताका अमेरिकाले विश्वभर हुने आरएन्डडी लगानीको ७० प्रतिशत लगानी गर्दथ्यो। तर २०२० मा आइपुग्दा विश्वभर आरएन्डडीमा हुने लगानीमा अमेरिकाको हिस्सा ३० प्रतिशतमा सीमित भएको भिजुअल क्यापिटालिस्टले लेखेको छ। रोजगारी सृजना र सार्वजनिक स्वास्थ्य तथा राष्ट्रिय सुरक्षा र औद्योगिक विकासमा आरएन्डडीको सबैभन्दा महत्वपूर्ण योगदान हुन्छ। 

images
images

अनुसन्धान र विकासमा हुने लगानीले देशको आर्थिक विकासमा सर्वाधिक योगदान पुर्‍याउँछ। आरएन्डडीमा भएकाले लगानीले देशको हरेक क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै न कुनै योगदान गरेकै हुन्छ। 

योभन्दा महत्वपूर्ण विषय आरएन्डडीमा हुने लगानीले नवीन खोज र अनुसन्धानमा आधारित उत्पादन तथा प्रविधिलाई आम जीवनसँग जोड्छ। यसले आम मानिसको दैनिकी सहज बनाउनेदेखि नवीनता विकासकर्ताले ठूलो लाभ उठाउन सक्छन्। 

नवीनता अर्थात इनोभेसनको अन्तिम आधार यही हो भन्न निक्कै कठीन हुन्छ। तर ग्लोबन इनोभेसन इन्डेक्स भने हरेक वर्ष तयार हुने गरेको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको वाइपो ग्लोबल इनोभेसन इन्डेक्सका आधारमा बनाइँदै आएको छ। 

सम्बन्धित देशबाट आएको तथ्यांकका आधारमा ८१ वटा इन्डिकेटरका आधारमा विश्लेषण गरेर सर्वाधिक इनोभेटिभ देशको सूची तयार पारिँदै आएको छ। सोही अनुसार सूचीकृत भएको १० देश र तीनले पाएको स्कोर :

१. स्वीजरल्यान्ड- ६२.६

२. अमेरिका- ६१.८

३. स्वीडेन- ६१.६

४. बेलायत- ५९.७

५. नेदरल्यान्ड- ५८

६. दक्षिण कोरिया- ५७.८

७. सिंगापुर- ५७.३

८. जर्मनी- ५७.२

९. फिनल्यान्ड- ५६.९

१०. डेनमार्क- ५५.९

सर्वाधिक इनोभेटिभ देशको सूचीमा विगत १२ वर्षदेखि स्वीजरल्यान्ड पहिलो स्थानमा रहेको छ। यसको प्रमुख कारण भनेको स्वीजरल्यान्डमा बौद्धिक सम्पत्ति सम्बन्धी कानून विश्वस्तरीय रहेको छ जुन अमेरिका, दक्षिण कोरियालगायत देशमा भन्दा राम्रो रहेको छ। त्यस्तै अर्को कारणका रुपमा स्वीजरल्यान्डमा विश्वविद्यालय र उद्योगहरुबीचको समन्वय असाध्यै राम्रो छ। 

दोस्रो स्थानमा रहेको अमेरिकाले अनुसन्धान र विकासमा वार्षिक ७ सय अर्ब डलरभन्दा बढी लगानी गर्दै आएको छ। अनुसन्धान र विकासमा धेरै लगानी गर्ने विश्वका ५ कम्पनीमध्ये ४ वटा कम्पनी अमेरिकामा छन्। अमेजनले ४२.७ अर्ब डलर, अल्फावेटले २७.७ अर्ब डलर, माइक्रोसफ्टले १९.३ अर्ब डलर र एप्पलले १८.८ अर्ब डलर अनुसन्धान र विकासमा लगानी गर्दै आएका छन्। 

सर्वाधिक इनोभेटिभ देशको सूची बनाउँदा अनुसन्धानमा ७ क्याटागोरीलाई आधार मानिएको छ। बिजनेस सोफेस्टिकेसन, मार्केट सोफेस्टिकेसन, ह्युमन क्यापिटल एन्ड रिसर्च, इस्टिच्युसन्स, क्रिएटिभ आउटपुट र नलेज इन्ड टेक्नोलोजी आउटपुटलाई आधार मानिएको हो। 

europe.PNG

महादेशका आधामा हेर्ने हो भने सर्वाधिक इनोभेटिभ देशहरु युरोपमा छन्। त्यस्तै दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, तथा अफ्रिकीका मुलुकहरु छन्। पूर्विएसियामा दक्षिण कोरिया सबै राम्रो अंक (५७.८)का साथ सर्वाधिक इनोभेटिभ मुलुकका रुपमा रहेको छ। त्यस्तै चीनले ५५.३ अंक पाउँदा भारतले ३६.६ अंक पाएको छ।

east asia.PNG

नेपालले भने इनोभेटिक देशको सूचीमा १७.६ अंक पाएको छ। पूर्विएसियाबाट नेपालभन्दा कम अंक पाउनेमा लाओस (१७.४) र म्यानमार (१६.४) रहेका छन्। 

इनोभेटिभ देशको सूचीमा सर्वाधिक कम अंक पाउनेमा भने मध्यपूर्वि देश इराक रहेको छ। इराकले जम्मा ११.९ अंकमात्र पाएको छ।  


प्रकाशित : शनिबार, पुस २ २०७९०९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend