बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सुनको मूल्य एक लाखभन्दा कममा झर्‍यो

images
शुक्रबार, पुस १ २०७९
images
सुनको मूल्य एक लाखभन्दा कममा झर्‍यो

शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। पछिल्लो केही दिनयता १ लाख रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भएकोमा शुक्रबार त्यभन्दा तल झरेको हो। 

images
images
images

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो। शक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : शुक्रबार, पुस १ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend