बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

नेप्सले पहिलोपटक सेयरधनीलाई १० प्रतिशत लाभांस दिने 

images
बिहीबार , मंसिर २९ २०७९
images
नेप्सले पहिलोपटक सेयरधनीलाई १० प्रतिशत लाभांस दिने 

२०६९ सालमा स्थापना भएको नेप्सले  भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ। 

images
images

काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स(नेप्स) लिमिटेडले पहिलोपटक सेयरधनीलाई लाभांस दिने निर्णय गरेको छ। 

images
images
images

कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट  १ करोड ७६ लाख रुपैयाँ बराबरको लाभांस दिने प्रस्ताव पारित गरेको हो। 

images
images

२०६९ सालमा स्थापना भएको नेप्सले  भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ। 

images
images

कम्पनीले आर्थिक बर्ष २०७८/७९ मा विभिन्न सदस्य बैंक तथा वित्तीय सस्थाका  ३६ लाख ग्राहकलाई प्रत्यक्ष वित्तीय सेवा दिएको थियो। नेप्सले सो क्रममा ३ खर्ब ६६ अर्ब रुपैयाँ कारोबार गरेको  थियो। 

नेप्सले २ हजार १ सय एटीएम,  १२ हजार पीओएस बाट सेवा दिइरहेको छ। 

गएको वर्ष कम्पनीले  कार्डलेस विथड्रल, कन्ट्याक्टलेस कार्ड, ग्रिन पिन, ई- कमर्श कारोवार जस्ता फिचर्स थप गरेको थियो। 

गएको कम्पनीले अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले कारोबार रकम बढाएको थियो। त्यस्तै ५२ प्रतिशतले आम्दानी बढाएको थियो। कम्पनीले गएको वर्ष ६ करोड ८३ लाख नाफा गर्न सफल भएको छ। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend