बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

विश्वकप सट्टेबाजीमा संलग्न एक पक्राउ, १० करोड रुपैयाँको कारोबार     

images
बिहीबार , मंसिर २९ २०७९
images
विश्वकप सट्टेबाजीमा संलग्न एक पक्राउ, १० करोड रुपैयाँको कारोबार     

इसेवा, आएमई पेए र खलती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँ तथा अन्य विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ बराबरको कारोबार गरेको।

images
images

काठमाडौं- बेटिङ एप्लिकेसन वन एक्स बेटलगायतका एप्लिकेसनमार्फत सट्टेबाजी गराएर रकम संकलन गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

images
images
images

सट्टेबाजीको आरोपमा लमजुङ सुन्दरबजार नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

images
images

फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टेबाजी गराएर रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचानको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका-२८ कमलपोखरीबाट पक्राउ गरेको हो। 

images
images

उनले वन एक्स बेटमा एजेन्टको रूपमा कार्य गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वन एक्स बेटको खाता खोली कारोबार गर्ने गरेको र इसेवा, आएमई पेए र खलती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत २ करोड ३६ लाख ३३ हजार १ सय ३८ रुपैयाँ तथा अन्य विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। 

उनलाई सट्टेबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend