बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

कात्तिकमा मत्थर भयो मूल्यवृद्धि

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २९ २०७९
images
कात्तिकमा मत्थर भयो मूल्यवृद्धि

सबैभन्दा धेरै मूल्यवृद्धि हुने ठाउँमा काठमाडौं उपत्यका रहेको छ।

images
images

काठमाडौं- गत वर्षको तुलनामा गएको कात्तिक महिनामा उपभोक्ता मूल्यवृद्धि ८.०८ प्रतिशतले कायम भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकमा ८.०८ प्रतिशत मूल्यवृद्धि कायम भएको हो। 

images
images

वार्षिक बिन्दुगत आधारमा भदौमा मूल्यवृद्धि उच्च बिन्दु अर्थात् ८.६४ प्रतिशत पुगेको थियो। असोजमा केही मत्थर भएर  ८.५० प्रतिशतमा सीमित भएको थियो भने कात्तिकमा अझै घटेको छ। 

images
images

अघिल्लो वर्षको कात्तिको महिनामा मूल्यवृद्धि ६.०४ प्रतिशत थयो। कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ। 

सबैभन्दा धेरै मूल्यवृद्धि हुने समूहमा  खाद्य तथा पेय पदार्थ १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशत रहेको छ। 

सेवा समूह अन्तर्गत यातायातको १७.७१ प्रतिशत, स्वास्थ्य सेवाको ११.२२ प्रतिशत मूल्यवृद्धि मापन भएको छ। 

सबैभन्दा धेरै मूल्यवृद्धि हुने ठाउँमा काठमाडौं उपत्यका रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०९:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend