बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सोल्टी होटलको आम्दानी दुई गुणा बढ्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २९ २०७९
images
सोल्टी होटलको आम्दानी दुई गुणा बढ्यो 

सोल्टी होटलले गएको वर्ष कर्मचारीको सेवा सुविधामा मात्र ३२ करोड ३३ लाख खर्च गरेको छ। त्यस्तै होटलले एक वर्षमा २६ करोडको खाद्य तथा पेय पदार्थ खपत गरेको छ। 

images
images

काठमाडौं- काठमाडौंमा सञ्चालित पाँचतारे होटलले आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा आम्दानीमा उल्लेख्य  सुधार गरेको छ। 

images
images
images

होटल सोल्टीले २०७८/७९ मा १ अर्ब ३६ करोड आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २०१ प्रतिशतले धेरै हो। आर्थिक वर्ष २०७७/७८ मा होटलको नाफा ६४ प्रतिशतले घटेको थियो। 

images
images

कोरोना महामारीको प्रभाव न्यूनीकरण भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्यामा भएको वृद्धि तथा आन्तरिक बजार चलायमान हुँदा होटलको आम्दानीमा प्रभाव देखिएको छ। 

images
images

होटलले  २०७८/७९ मा नाफा पनि बढाएको छ। होटलले  ४१ करोड ५५ लाख रुपैयाँ नगद मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्ष ८ करोड घाटामा थियो।  २०७८/७९ मा होटलको खुद नाफा २९ करोड ७२ लाख पुगेको छ। अघिल्लो वर्ष कम्पनी २२ करोड ४९ लाख खुद घाटामा थियो। 

पर्यटन तथा आतिथ्य उद्योग कोरोनाअघिकै अवस्थामा फर्कने तर्फ उन्मुख रहेको कम्पनीले उल्लेख गरेको छ। पर्यटकीय वातावरणमा भएको सुधारले होटलहरूको व्यापारमा अझै वृद्धिको सम्भावना देखाएको कम्पनीको विश्लेषण छ। 

सोल्टी होटलले गएको वर्ष कर्मचारीको सेवा सुविधामा मात्र ३२ करोड ३३ लाख खर्च गरेको छ। त्यस्तै होटलले एक वर्षमा २६ करोडको खाद्य तथा पेय पदार्थ खपत गरेको छ। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०४:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend