बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सरकारको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा चितवन र हेटौँडामा पनि विरोध प्रदर्शन

images
मंगलबार, मंसिर २७ २०७९
images
सरकारको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा चितवन र हेटौँडामा पनि विरोध प्रदर्शन

व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो।

images
images

हेटौँडा- नाडाको संस्थागत सदस्य, बागमती प्रदेश अन्तर्गत रहेका चितवन अटोमोवाइल्स एशोसिएशन र हेटौँडा अटोमोवाइल्स एशोसिएशनले चितवन र हेटौडामा पनि व्यवसायीहरुले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन्। 

images
images
images

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत ती एशोसिएशनहरुले विरोध प्रदर्शन गरेका हुन्। व्यवसायीहरुले सरकार विरुद्धका नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेर नारायणगढको लायन्स चौक र हेटौँडाको बुद्धचोकमा उत्रिएका हुन्। सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसायीहरु नै धरासायी हुन पुगेको उनीहरुको आरोप छ। 

images
images

सो धर्ना कार्यक्रममा व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण, व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने, अटो लोन फाइनान्सिङ सुविधामा लागेको ५० प्रतिशतको क्याप हटाउनु पर्ने, बैंकको ब्याजदर नियन्त्रण हुनु पर्ने लगायतका मागहरु राखेका थिए। 

images
images

व्यवसायीहरुको सो छुट्टाछुट्टै रुपमा सम्पन्न धर्ना कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र मकवानपुर उद्योग वाणिज्य संघको समेत ऐक्यबद्धता रहेको थियो। उक्त प्रदर्शनी स्थलमा व्यवसायिहरुले व्याजदर नियन्त्रण गर, शतप्रतिशत नगद मार्जिन व्यवस्था खारिज गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रिक नीति परिमार्जन गर लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु बोकेका थिए।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend