शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आकर्षक लाभांशको चर्चापछि सिवाईसी लघुवित्तको सेयर मूल्यमा सर्किट, कति आउला लाभांश? 

images
मंगलबार, मंसिर २७ २०७९
images
आकर्षक लाभांशको चर्चापछि सिवाईसी लघुवित्तको सेयर मूल्यमा सर्किट, कति आउला लाभांश? 
images
images

काठमाडाैं- आकर्षक लाभांश आउने चार्चाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य मंगलबार मात्रै १० प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता २०५.४० रुपैयाँ बढेर २२६०.२० रुपैयाँमा कारोबार भएको छ। 

images
images
images

कम्पनीको पहिलो तीन महिनामा गतवर्षको तुलनामा नाफा घटेपनि लाभांश दिने क्षमता अब्बल भएकोले कम्पनीको सेयर मूल्यमा उभार आएको हो। कम्पनीले ५० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ।

images
images
cyc.JPG

आर्थिक वर्षको पहिलो तीन महिनामा  १ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ५.५५ प्रतिशत घटेको छ। नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी आम्दानी ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा झरेको छ। 

गत वर्ष कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ जारी गरेको थियो। कम्पनीको संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता रहेको छ। कम्पनीको ओपनिङ कारोबार ३८२ रुपैयाँमा भएको थियो। 


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend