बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

धरहरा पुनःनिर्माणमा सुन्धाराको मूल धारा नै नष्ट गरिएपछि स्थानीय आक्रोशित, मेयरलाई जानकारी दिएपछि रोकियो काम

images
सोमबार, मंसिर २६ २०७९
images
धरहरा पुनःनिर्माणमा सुन्धाराको मूल धारा नै नष्ट गरिएपछि स्थानीय आक्रोशित, मेयरलाई जानकारी दिएपछि रोकियो काम

सुन्धाराको ऐतिहासिक मूलधारा नै नष्ट हुने गरी डोजर लगाइएको भन्दै स्थानीय बासिन्दाका साथै काठमाडौं महानगर-२२ का वडाध्यक्ष चिनिकाजी महर्जनले सोमबार मेयर बालेन शाहलाई जानकारी गराएका थिए।

images
images

काठमाडौं- धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्। सम्पदा अभियन्ता तथा जानकारहरूले निरन्तर खबरदारी गरिरहँदा पनि ऐतिहासिक धारा नष्ट बनाउने काम भएको हो। 

images
images
images

रमण कन्ट्रक्सन कम्पनीले सुन्धाराको ठीक पछाडि ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा सुन्धाराको ऐतिहासिक संरचनाको मुख्य वस्तु (काठको लामो पाइप) नष्ट हुन गएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नं.२२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो। 

images
images

सुन्धाराको ऐतिहासिक मूलधारा नै नष्ट हुने गरी डोजर लगाइएको भन्दै स्थानीय बासिन्दाका साथै काठमाडौं महानगर-२२ का वडाध्यक्ष चिनिकाजी महर्जनले सोमबार मेयर बालेन शाहलाई जानकारी गराएका थिए। जसमा मेयर साहले पनि आपत्ति जनाएका छन्।

images
images

मेयर साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरेका छन्।

स्थानीयहरूको विरोधपछि सोमबार मेयर बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको स्पष्ट पारिएको छ। 

प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन्। 

रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्याङ्की निर्माण लगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताएका छन्। वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ। 

ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुईसय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार/पाँच सय वर्षभन्दा पुरानो भएको जानकारहरू बताउँछन्। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend