बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

विश्वकपका बाँकी खेल नि:शुल्क हेर्न पाइने 

images
सोमबार, मंसिर २६ २०७९
images
विश्वकपका बाँकी खेल नि:शुल्क हेर्न पाइने 

यसअघि उद्घाटनपछिका सबै खेल हेर्नका लागि हिमालय एचडी टीभीको प्याकेज ५६५ रुपैयाँमा खरिद गर्नुपर्ने व्यवस्था थियो। पैसा नतिरेकाले टेलिभिजनमा हेर्न पाउँदैन थिए। 

images
images

काठमाडौं- कतारमा जारी फिफा विश्वकप २०२२ का बाँकी खेल अतिरिक्त शुल्क नतिरेका टेलिभिजन ग्राहकहरूले पनि हेर्न पाउने भएका छन्। 

images
images
images

नेपालका लागि प्रसारण अधिकार लिएको मिडिया हबले अबको खेल सित्तैमा हिमालय एचडी टीभीबाटै हेर्न पाइने जानकारी दिएको छ। 

images
images

उ्द्घाटन, सेमीफाइनल र फाइनलका खेल नि:शुल्क देखाउनुपर्ने व्यवस्थाअनुसार मिडिया हबले अहिलेको सशुल्क च्यानलबाटै नि:शुल्क हेर्न पाइने जानकारी दिएको छ। 

images
images

'अहिले आइरहेको च्यानलमा यसअघि शुल्क तिरेका ग्राहकले मात्र हेर्न पाउथे तर अब बाँकी खेल भने प्याकेज नलिएकाले पनि हेर्न पाउँछन्' मिडिया हबका सञ्चालक सोम धितालले भने। 

यसअघि उद्घाटनपछिका सबै खेल हेर्नका लागि हिमालय एचडी टीभीको प्याकेज ५६५ रुपैयाँमा खरिद गर्नुपर्ने व्यवस्था थियो। पैसा नतिरेकाले टेलिभिजनमा हेर्न पाउँदैन थिए। 

विश्वकपमा अब चारवटा खेल बाँकी छन्। क्रोयसियविरुद्ध अर्जेन्टिना र फ्रान्सविरूद्ध मोरोक्कोले सेमिफाइलन खेल खेर्दैछन्। त्यस्तै तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ। 

 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend