शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

‘प्रमोटर’ सेयर होल्डर बाहिरिएको चर्चासँगै शिवम् सिमेन्टको सेयर मूल्यमा पहिरो

images
सोमबार, मंसिर २६ २०७९
images
‘प्रमोटर’ सेयर होल्डर बाहिरिएको चर्चासँगै शिवम् सिमेन्टको सेयर मूल्यमा पहिरो
images
images

काठमाडौं- शिवम् सिमेन्टको सेयर कारोबार प्रत्येकदिन घट्दो ट्रेन्डमा छ। घट्ने क्रम पछिल्लो वर्षदेखि नै जारी छ। एकवर्षमा लगानीकर्ताले प्रतिकित्ता १ हजार ३ सय ८१ रुपैयाँले गुमाइसकेका छन्। 

images
images
images

कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँसम्म पुगेको थियो। लगातार घटेर शिवमको सेयर प्रतिकित्ता ५२९.३० रुपैयाँसम्म झरेको छ। कम्पनीको सेयर मूल्य उच्चतम् बिन्दुबाट ७२ प्रतिशतले घटेको छ। 

images
images

घट्दो ट्रेण्डमा भए पनि शिवमको सेयर कारोबार भने उच्च छ। सेयर लगानीकर्ताहरू धमाधम सेयर बिक्री गरेर बाहिरिरहेका छन्। आइतबार पनि १० करोड रुपैयाँको कारोबार हुँदा २ लाख कित्ता किनबेच भएको छ। आइतबार पनि सबैभन्दा बढी कारोबार हुने सूचीमा शिवम नै रहेको छ। 

images
images

४ अर्ब ४४ करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण २३ अर्ब २८ करोड रुपैयाँ रहेको छ। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो। यो वर्ष लाभांश घोषणा हुन बाँकी नै छ। तर, पनि लगानीकर्ता भने त्रासमा देखिएका छन्। 

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ३७ अर्ब रहेको छ। गत वर्षको नाफाबाट कम्पनीले ३० देखि ३५ प्रतिशतसम्म लाभांश दिने सक्ने क्षमता राख्ने अनुमान गरिएको छ। शिवमका प्रमोटर सेयर होल्डरहरूले २० लाख कित्ताभन्दा बढी सेयर बिक्री गरेको भन्ने चर्चा चलेपछि सर्वसाधारण लगानीकर्ता बाहिरिएको अनुमान गरिएको छ। 

प्रमोटर सेयरधनी बाहिरिएको चर्चासँगै सर्वसाधारण लगानीकर्ताले धमाधम सेयर बिक्री गरिरहेका छन्। जसका कारण उच्च कारोबारसँगै सेयर मूल्य भने न्यून बिन्दुमा आइपुगेको छ। 

निजी लगानीमा सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चार वर्षअगाडि प्राथमिक शेयर निष्कासन गर्दा त्यसपछिका २ वर्षमा नाफा २९.४४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको थियो। आर्थिक वर्ष ०७५/०७६ मा २५.२८ प्रतिशत नाफा बढाएर खुद नाफा १ अर्ब ४३ करोड ३० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो। त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढाएर १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरेको थियो।

उद्योगले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागी सार्वजनिक गरेको वित्तीय विवरणमा आम्दानी तथा नाफा बढाउने योजना सार्वजनिक गरेको थियो। २ वर्षमा उद्योगको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख रुपैयाँ पूग्ने आब्हानपत्रमा उल्लेख गरिएको थियो। 

प्रक्षेपणभन्दा उल्टो 

आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोडभन्दा बढी खुद नाफा कमाएको कम्पनीको नाफा घटेर ६८ करोड रुपैयाँमा सीमित भएको थियो। गत वर्षको तुलनामा खुद नाफा ५१ प्रतिशतभन्दा धेरैले घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ३१ रुपैयाँ ६८ पैसाबाट घटेर १५ रुपैयाँ ६७ पैसामा झरेको छ। 

गत वर्षको फागुनबाट शिवम सिमेन्टको ३ करोड ८५ लाख कित्ता प्रमोटर सेयरको लक इन पिरियड खुलेको थियो। लक इन पिरियड खुलेर सेयर बिक्रियोग्य भएसँगै शिवममा सेलिङ प्रेसर देखिएको थियो। लक इन खुल्दाको समय ११०० को आसपासमा रहेको सेयर मूल्य अहिले ५२९ रुपैयाँमा आइपुगेको छ। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०१:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend