शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निफ्रालाई ठूला पूर्वाधार निर्माणमा आईएफसीले सहयाेग गर्ने

images
शनिबार, मंसिर २४ २०७९
images
निफ्रालाई ठूला  पूर्वाधार निर्माणमा आईएफसीले सहयाेग गर्ने

एमओयूमा देशको पूर्वाधार विकासका लागि आवश्यक वित्तीय र प्राविधिक स्रोतहरूको खाडललाई पुरा गरी पूर्वाधार क्षेत्रमा लगानीको गतिलाई तीव्र बनाउन सहकार्य गर्नेछन्।

images
images

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बीच नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरू विकास गर्ने सम्झौता भएको छ।

images
images
images

शुक्रबार आयोजित एक कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र आईएफसीका एशिया प्यासिफिक पीपीपी ट्रान्जेक्शन एडभाइजरी सर्भिसेजका प्रबन्धक थोमस लुबेकले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

images
images

एमओयूमा देशको पूर्वाधार विकासका लागि आवश्यक वित्तीय र प्राविधिक स्रोतहरूको खाडललाई पुरा गरी पूर्वाधार क्षेत्रमा लगानीको गतिलाई तीव्र बनाउन सहकार्य गर्नेछन्। सम्झौतापछि परियोजना पहिचान र स्क्रिनिङमा सहयोग गर्नेछ।

images
images

सार्वजनिक र निजी क्षेत्रको क्षमता अभिवृद्धिको अतिरिक्त पहिचान गरिएका आयोजनाहरूको प्रारम्भिक मूल्यांकन र परियोजना विशिष्ट संरचना र बोलपत्रमा पनि सहयोग गर्ने निफ्राका प्रमुख कार्यकारी अधिकृत खतिवडाले बताए।

‘निफ्रा र आईएफसीबीच भएको समझदारीले नेपालको पूर्वाधार विकासलाई तीव्रता दिन एउटा ठूलो कोसेढुंगाको रूपमा चिन्ह लगाउँछ,’ उनले भने। यो सहकार्यले देशका प्रमुख पूर्वाधार परियोजनाहरूको पहिचान र विकास गर्न मद्दत गर्ने समेत बताए। 

‘नेपालको निजी क्षेत्रसँग आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना छ,’ थोमस लुबेकले भने। उनले निजी क्षेत्रले लगानी गरेर नेपालका जनताका लागि सुधारिएको पूर्वाधार उपलब्ध गराउने दावी समेत गरे। 

 


प्रकाशित : शनिबार, मंसिर २४ २०७९१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend