बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

चीनमै बनेको न्यारोबडी जहाज उडाउने पहिलो एयरलाइन्स बन्यो चाइना इस्टर्न 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २४ २०७९
images
चीनमै बनेको न्यारोबडी जहाज उडाउने पहिलो एयरलाइन्स बन्यो चाइना इस्टर्न 

यो जहाजमा १६४ सिट रहेका छन्। 

images
images

काठमाडौं- चिनियाँ जहाज निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)ले निर्माण गरेको न्यारोबडी जहाज 'सिनाइन नाइन्टीन' पहिलो डेलिभरी चाइना इस्टर्न एयरलाइन्सले लिएको छ।

images
images
images

शुक्रबार विशेष समारोहका बीचमा उक्त जहाज चाइना इस्टर्नको स्वामित्वमागएो हो। कम्पनीले जहाजको हस्तान्तरण गरेपनि यसको व्यावसायिक उडान भने केही महिनापछि मात्र आउने छ। 

images
images

यो जहाजमा १६४ सिट रहेका छन्। 
 
सन् २०२१ मा एयरलाइन्सले जहाज खरिद सम्झौता गरेको थियो। यसले सुरुमा पाँचवटा जहाज खरिद गर्ने प्रस्ताव गरेको छ। चीनमा निर्माण भएको पहिलो न्यारोबडी जहाजको उडान गर्ने पहिलो एयरलाइन्स चाइना इस्टर्न हुने छ। 

images
images

सन् २०१६ मै व्यावसायिक उडानमा ल्याउने भनिएपनि प्राविधिक तथा अन्य व्यापारिक  कारणले ढिलाइ हुँदै आएको छ। सन् २०१७ मा पहिलो परीक्षण उडान भएको यो जहाज एयरबसको ए३२० नियो र बोइङको ७३७ म्याक्ससँग प्रतिस्पर्धा गर्नेगरी डिजाइन गरिएको छ। 

१६४ यात्रु बोक्नसक्ने यो जहाज अहिलेसम्म  एक हजारभन्दा बढीको अर्डर भइसकेको कोम्याकले जानकारी दिएको छ। तर उत्पादन भने तीव्र गतिमा हुने छैन। कम्पनीले दिएको जानकारी अनुसार सन् २०३० सम्म प्रत्येक वर्ष २५ वटा जहाज उत्पादन हुनेछ।


प्रकाशित : शनिबार, मंसिर २४ २०७९०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend