बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

५२ वर्षपछि लालपुर्जा

images
शुक्रबार, मंसिर २३ २०७९
images
५२ वर्षपछि लालपुर्जा

नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर चौधरीले बताए। 

images
images

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–२ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाएका छन। शिवराज–२ का मदरहवा, ओझवा, बालापुर, हरहटीका एक सय ४८ जनाले डिहब्लक लालपुर्जा पाएको नगरपालिकाका प्रमुख अजय थापाले बताए। 

images
images
images

नापी कार्यालय तौलिहवा कपिलवस्तुले विसं २०२७ मा नापी गर्दा छुट भएका डिहब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगरप्रमुख थापाले बताए। साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि एक सय ४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन्। गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारूको भनाइ छ।

images
images

नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर चौधरीले बताए। 

images
images

पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट बञ्चित हुँदै आएका थिए । नगरपालिकाले विसं २०७८ को चैत २३ गते एक सय ८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख सुवास न्यौपानेले जानकारी दिए। 

कपिलवस्तुमा विसं २०२६ देखि सुरु भएको गाउँ ब्लक जग्गा विसं २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साविक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ ।
रासस


प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend