बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

images
बिहीबार , मंसिर २२ २०७९
images
सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो। विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्।

images
images

कमलामाई- बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन्। किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ। 

images
images
images

गोलञ्जोर गाउँपालिका-५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ। वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिए। उनले विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन्। “यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ”, उनले भने। 

images
images

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो। कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो। विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्। 'यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्', स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भने। एकैदिनमा ५० हजार रुपैयाँसम्मको जुनार बिक्री हुने गरेको उनले बताए।  

images
images

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन्। शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए। विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरे। उनले जुनार बेचेर वर्षको एक लाख रुपैयाँ बचत गरे। 

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन्। जुनारको मूल्यमा भने एकरुपता छैन। मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि १२० रुपैयाँसम्ममा जुनार बिक्री गर्दै आएका छन्। गोलञ्जर गापाउँपालिका-६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष सात लाख २० हजार रुपैयाँ आम्दानी भएको बताए। उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन्। 

किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन्। जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन। जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ। जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौं, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईँका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ। पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनले बताए।  रासस


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend