शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिदा सेवामा अवरोध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २२ २०७९
सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिदा सेवामा अवरोध

काठमाडौं- निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सञ्चार सेवा केही समय अवरुद्ध भएको जनाएको छ। 

केही समय सेवा अवरुद्ध भएसँगै सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति एनसेलले क्षमायाचना गरेको छ। कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेको भन्दै अवरुद्ध भएको सेवा क्रमिक रुपमा सुरुचारु हुँदै जाने जनाएको छ। 

अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्न दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैसँग अनुरोध गरेको छ। 

 


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend