बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

प्रदूषण जाँच पास नभएका सवारी चलाए एक लाख जरिबाना 

images
बिहीबार , मंसिर २२ २०७९
images
प्रदूषण जाँच पास नभएका सवारी चलाए एक लाख जरिबाना 

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ।

images
images

काठमाडौं- प्रदूषण मापदण्ड पास भएका सवारीसाधान मात्र चलाउन वातावरण विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

images
images
images

ऐन/कानूनले निर्धारणको गरेको वातावरण प्रदूषण मापदण्ड पूरा भएका सवारीसाधान मात्र सञ्चालन गर्न विभागले आग्रह गरेको हो। हिउँदको समयमा काठमाडौं लगायतका ठाउँमा वायु प्रदूषण बढ्ने र यस्तोमा सवारीसाधानबाट निस्किने धुँवा मुख्य कारण भएकाले विभागले कडाइ गर्ने भएको हो। 

images
images

काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सवारी साधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाईएको विभागले जानकारी दिएको छ। 

images
images

पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन्। एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन २०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ। छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले जनाएको छ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारुपमा फोहर जलाउने तथा खुलारुपमा फोहर जलाएको पाइएमा गोप्यरुपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारुपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

अहिलेसम्म सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिईएको छ। 


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९०४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend