शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी टेलिकमको ब्रान्ड एम्बेसडर

बुधबार, मंसिर २१ २०७९
क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं-  नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीसँगलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। सम्झौता पत्रमा  टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

 सोही अवसरमा प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको सुरुवात मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताएका थिए। 
 
समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताएका थिए। यसैगरी अर्का नवनियुक्त ब्राण्ड एम्बेसडर प्रियंका रानी जोशीले आफूले पनि सुरुदेखि नै नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता गरेकी थिइन्।  


प्रकाशित : बुधबार, मंसिर २१ २०७९१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend