शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फोर्ड नेपालको ‘रोडसाइड असिस्टेन्स’ 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
फोर्ड नेपालको ‘रोडसाइड असिस्टेन्स’ 

चाडपर्वको समयमा व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारण गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ। यस्तो समयमा फोर्ड नेपालले विभिन्न स्थानमा सर्मिस क्याम्पको व्यवस्था गरेको छ।

काठमाडौं- फोर्ड नेपाल (जीओ अटोमावायल्स प्रालि)ले चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ।

चाडपर्वको समयमा व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारण गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ। यस्तो समयमा फोर्ड नेपालले विभिन्न स्थानमा सर्मिस क्याम्पको व्यवस्था गरेको छ। फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्ने जनाएको छ। 

यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेका फोर्डका सर्भिस सुविधा सञ्जाल सक्रिय रहेन कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज २४ २०७८१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend