बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

२६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २१ २०७९
images
२६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना

विसं २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुवात गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको हो।

images
images

तनहुँ- व्यास नगरपालिका-१० स्थित बैरेनीमा २ सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ। उक्त क्षेत्रको कूल १ हजार ५ सय ३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि बढाइएको हो।

images
images
images

सो आयोजनाका लागि नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी हुनेछ। कोषले ९ करोड १० लाख ५० हजार ४ सय र अन्य रकम प्रदेश तथा नगरपालिकाले लगानी गर्ने छन्।

images
images

आयोजनाको विसं २०८० भित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहनेछ भने वार्षिक आठ प्रतिशत ब्याजदरमा ऋण लगानी गरिने कोषले जनाएको छ।

images
images

उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना निर्माण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख इन्जिनियर रवीन्द्र मूलले जानकारी दिए। विसं २०७७ माघमा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुवात गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उनले बताए। 

नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष (एनसेट) का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गरेका हुन्। दमौली बजार र भादगाउँ क्षेत्र बस्तीले साँघुरिँदै गएको अवस्थामा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग हातेमालो गर्दै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानेले बताए। रासस 


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend