बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

अजिरकोटमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २१ २०७९
images
अजिरकोटमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिइँदै

घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुसी भएका छन्। 

images
images

गोरखा- गोरखाको अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घरघरमा पुगेर भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

images
images
images

'गाउँपालिकाको चिसाङ्बाट त दिनभरी नै हिँडेर बैंकसम्म आएर भत्ता बुझ्नपर्ने कठिनाइ थियो', उनले भने, 'लाभग्राहीलाई भत्ता बुझ्नका लागि सवारीसाधन रिजर्भ गर्दा आउँदा तीन हजारभन्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था पनि भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको हो।'

images
images

गाउँपालिकाभित्रका सबै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताए। गाउँपालिकाले बैंकसँगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय, एकल महिला लगायतका सबै लाभग्राहीलाई बैकिङ प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको उनले जानकारी दिए।

images
images

घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुसी भएका छन्। रासस


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०७:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend