शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बैंकिङ प्रणालीमा निक्षेप सुधार हुँदै, चार महिनामा थपियो ९६ अर्ब

images
बुधबार, मंसिर २१ २०७९
images
बैंकिङ प्रणालीमा निक्षेप सुधार हुँदै, चार महिनामा थपियो ९६ अर्ब
images
images

काठमााडौं- चुनावपछि बैंकिङ प्रणालीमा बल्ल निक्षेप आउन थालेको छ। तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेपले तीव्रता पाएको छ। साउनयता मात्रै ९६ अर्ब ३ करोड निक्षेप थपिएको छ भने कर्जा प्रवाह ४० अर्ब ४८ करोड प्रवाह भएको छ। 

images
images
images

मंसिर ४ गते सम्पन्न चुनावपछि बैंकहरूको निक्षेप बढ्न थालेको हो। चुनावअघिसम्म वाणिज्य बैंकहरूमा ४५ खर्ब ५८ अर्ब निक्षेप रहेकोमा मंसिर १६ सम्म आइपुग्दा १५ अर्ब थपिएर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ। चुनावी सातामात्रै बैंकहरूको निक्षेप ३ अर्ब रुपैयाँभन्दा बढीले बढेको थियो। पछिल्लो एकसातामा मात्रै प्रणालीमा ११ अर्ब थपिएको छ। विदेशी मुद्रा पनि १ करोड डलर थपिएको छ। 

images
images

चुनाव अघिसम्म ४२ खर्ब १० अर्ब रुपैयाँ प्रवाह भएको कर्जा मंसिर १६ सम्म ४ अर्ब कर्जा थपिएर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।  

images
images

चालु आर्थिक वर्षमा निक्षेपको वृद्धिदर भने सुधार देखिएको छ। गतवर्ष साउनमा अघिल्लो वर्षको तुलनामा ७८ अर्बले निक्षेप घटेको थियो। तर यो वर्ष गतवर्ष भन्दा १२ अर्ब ७९ करोड मात्रै घटेको छ। 

चालु वर्षको भदौ महिनामा ४० अर्ब ५४ करोड निक्षेप थपिएको छ। त्यस्तै असोजमा २७ अर्ब ९९ करोड निक्षेप थपिदाँ कात्तिकमा १६ अर्ब ९५ अर्ब निक्षेप थपिएको छ। गतवर्षको कात्तिकमा ३६ अर्ब निक्षेप घटेको थियो। राष्ट्र बैंकका अनुसार औसतमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८६.८४ प्रतिशत रहेको छ। 

नेपाल बैंकर्स संघका अुनसार चालु आर्थिकमा मंसिर १६ सम्म आइपुग्दा ९६ अर्ब ३ करोड रुपैयाँ निक्षेप थपिएको छ। 

चालु आर्थिक वर्षको साउनमा १० अर्ब ५८ करोड कर्जा प्रवाह भएको छ। त्यस्तै भदौमा २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह हुँदा असोजमा २७ अर्ब ७ करोड कर्जा प्रवाह गरेका छन् भने कात्तिकमा कर्जा प्रवाहनै भएको छैन। 

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले बाह्य स्रोतको व्यावस्थापनमा चुक्दा बैकिङ क्षेत्रमा समस्या आएको बताए। पछिल्लो समयको सुधार सकारात्मक भएको समेत उनको भनाई छ। सरकारले ल्याएको ऋण बाहेक अन्य विषय मिसम्याच हुँदा थोरै तलमाथि हुने गरेको तर्फ संकेत गर्दै उपाध्ययले व्याजदर बढाउनुपर्ने बाध्यता परिरहेको बताए। ‘निक्षेप बढेपछि ब्याजदर आफै घट्ने छ,’ उपाध्यायले भने। 


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend