बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

८ निर्माण कम्पनीलाई सोधियो स्पष्टीकरण

images
बुधबार, मंसिर २१ २०७९
images
८ निर्माण कम्पनीलाई सोधियो स्पष्टीकरण

विभिन्न निकायहरुबाट आएको सिफारिसका आधारमा खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेर कालोसूचीमा राख्ने गरेको छ। 

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने ८ निर्माण कम्पनी तथा सप्लायर्सलाई स्पष्टीकरण सोधेको छ। कार्यालयले बुधबार ती ८ कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको हो। 

images
images
images

सार्वजनिक खरिद नियमावलीको व्यवस्थाअनुसार यी कम्पनीलाई ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न समय दिइएको छ।

images
images

काम लगाएका विभिन्न कार्यालयहरुले समयमै काम गर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्न लेखि पठाउने व्यवस्था छ। विभिन्न निकायहरुबाट आएको सिफारिसका आधारमा खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेर कालोसूचीमा राख्ने गरेको छ। 

images
images

स्पष्टीकरण सोधिएका कम्पनीहरुमा गुण निर्माण सेवा, सिरुवा, कविर, सुनकोशी जेभी, मुस्कान सप्लायर्स, मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स, अनुष्ठान कन्स्ट्रक्सन, सिरुवा कन्स्ट्रक्सन कम्पनी, दिल्ली ट्रेडिङ र जय गढीमाइ निर्माण कन्स्ट्रक्सन कम्पनी रहेका छन्। 


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend