शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

प्रदेश १ मा बैंकको निक्षेप ५.८ प्रतिशतले बढ्यो, तीन जिल्लाको हिस्सा ७७ प्रतिशत

images
मंगलबार, मंसिर २० २०७९
images
प्रदेश १ मा बैंकको निक्षेप ५.८ प्रतिशतले बढ्यो, तीन जिल्लाको हिस्सा ७७ प्रतिशत

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ।

images
images

काठमार्डौं- नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भएको छ। प्रदेश १ मा निक्षेप ५.८ प्रतिशतले वृद्धि ३ खर्ब ६६ अर्ब पुगेको छ। 

images
images
images

प्रदेश नं १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.२ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.८ प्रतिशत रहेको छ। 

images
images

राष्ट्र बैंकले प्रदेश १ आर्थिक गतिविधि अध्ययनअनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नं १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भइ ३ खर्ब ६६ अर्ब पुगेको हो।

images
images

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ। प्रदेश नं १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.२ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.८ प्रतिशत रहेको छ। जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.९ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १।३ प्रतिशत योगदान रहेको छ।

२०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १३.२ प्रतिशतले वृद्धि भइ ५ खर्ब ४४ अर्ब पुगेको छ। २०७९ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.० प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २२.३ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६७.७ प्रतिशत रहेको छ। २०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत रहेको थियो।

प्रदेश नं १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८८.० प्रतिशत रहेको छ भने अन्य जिल्लाको १२.० प्रतिशत रहेको छ। जिल्लागत कर्जा प्रवाहकोआधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४२.० प्रतिशत र ताप्लेजुङ जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ।


प्रकाशित : मंगलबार, मंसिर २० २०७९०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend