शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अटेर गरेपछि पाँच बीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको ताकेता

images
बुधबार, मंसिर २१ २०७९
images
अटेर गरेपछि पाँच बीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको ताकेता

कतिपयले समयको ख्याल नै नगरी जनतालाई दिनुपर्ने ३० प्रतिशत सेयर नदिएपछि निर्देशन दिन बाध्य भएको सिलवालले बताए। 

images
images

काठमाडौं- नेपाल बीमा प्राधिकरणले ५ बीमा कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न ताकेता गरेकाे छ।

images
images
images

दोस्रो बजारमा नआएका बीमा कम्पनीलाई साधरण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको हो। ‘जनताका लागि सेयर दिनुपर्ने  प्रक्रिया सुरु नगरेपछि निर्देशन दिएका हौ,’ बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले भने। कतिपयले समयको ख्याल नै नगरी जनतालाई दिनुपर्ने ३० प्रतिशत सेयर नदिएपछि निर्देशन दिन बाध्य भएको सिलवालले बताए। 

images
images

प्राधिकरणका अनुसार सिटिजन लाईफ, रिलायबल लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र महालक्ष्मी लाईफलाई आईपीओ जारी गर्न निर्देशन दिएको हो। प्राधिकरणले ५ वटा कम्पनीलाई आईपीओ जारी गर्ने प्रयोजनका लागि स्वीकृति लिन आउन निर्देशन दिएको अध्यक्ष सिलवालले बताए। 

images
images

कम्पनी स्थापना भएको ५ वर्ष भयो अझै कानूनत: सर्वसाधरणलाई दिनुपर्ने सेयर नदिएर बसेका छन्। कानूनत: बीमा कम्पनीहरुले ३० प्रतिशत सेयर अनिवार्य सर्वसाधरणलाई जारी गर्नुपर्ने व्यवस्था छ। जसमा ५ प्रतिशत कर्मचारीका लागि छुट्टाउन सक्ने व्यवस्था पनि छ। निष्काशन गर्ने सेयर बढीमा ४९ प्रतिशत स्वामित्व सर्वसाधरणको हुने गरि निष्काशन गर्न सक्छन्।  

सेयर संरचना कम्तिमा ५१ प्रतिशत संस्थापक समूहको हुनुपर्ने व्यवस्था छ। साथै कम्पनीहरुले स्थापना भएको १ वर्षपछि सेयर निष्काशन गर्न सक्छ्न्। कम्पनीले न्युनतम ३० प्रतिशत सेयर समयमै जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ। 

पाँच कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै सेयर निष्काशनका लागि आवेदन दिएका छन्। रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा कुल ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न आवेदन दिएको छ। त्यस्तै आईएमई लाइफले पनि सय रुपैयाँ अंकित दरमा ६० लाख कित्ता सेयर निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेको छ। 

चैत मसान्ता भित्र पुँजी वृद्धि नगरे कारबाही

प्राधिकरणले सञ्चालनमा रहेका ४१ बीमा कम्पनीका लागि चुक्ता पुँजी वृद्धि नगरे मर्जरमा जान गत चैतदेखि निर्देशन दिएको छ। चुक्ता पुँजी वृद्धि गर्न बीमा प्राधिकरणले निर्देशन दिएसँगै बीमा कम्पनीहरूले मर्जरको सम्झौता पनि धमाधम गरिरहेका छन्। चैत मसान्तसम्म तोकिएको पुँजी नपुर्‍याए कारबाहीको प्रक्रिया अगाडि बढ्नेसमेत अध्यक्ष सिलवाल बताउँछन्। 

प्राधिकरणले चैत १० गते बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको थियो। हाल दुई अर्ब रुपैयाँ चुक्ता पुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ र एक अर्ब रुपैयाँ चुक्ता पुँजी भएका निर्जीवन बीमा कम्पनीको साँढे दुई अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुईवटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।


प्रकाशित : बुधबार, मंसिर २१ २०७९०४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend