बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

गल्फ लुब्रिकेन्टको उच्चस्तरीय शोरुम चन्द्रपुर, नारायणघाट र हेटौंडामा 

images
सोमबार, मंसिर १९ २०७९
images
गल्फ लुब्रिकेन्टको उच्चस्तरीय शोरुम चन्द्रपुर, नारायणघाट र हेटौंडामा 

सो शोरुमहरको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन्।

images
images

काठमाडौं- गल्फ लुब्रिकेन्ट नयाँ ३ शोरुम सञ्चालमा आएको छ। नेपालमा ३८ वर्षको यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा धेरै विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले सञ्चालनमा ल्याएको हो। 

images
images
images

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम खोलेको हो। ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ।

images
images

सो शोरुमहरको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन्। कार्यक्रममा करण चौधरी गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि भएको बताए। उत्कृष्ट दक्षता र अद्भुत गुणस्तरका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माज निकै लोकप्रिय र विश्वसनीय बनेको उनको भनाइ छ। 

images
images

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईका अनुसार यो नयाँ उच्चस्तरीय शोरुमहरुबाट सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज उपलब्द गराएको र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने बताएका हुन्। गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा नेपालभर थप शोरुमहरू बढाउने जसबाट देशका कुनाकुनामा रहेका सबै ग्राहकले गल्फ लुब्रिकेन्टको फाइदा पाउने भट्टराईले बताए। 

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ।


प्रकाशित : सोमबार, मंसिर १९ २०७९०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend