शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

संस्थान सञ्चालनको विषयमा अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षको धारणा बाझियो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
images
संस्थान सञ्चालनको विषयमा अर्थमन्त्री र योजना आयोगका उपाध्यक्षको धारणा बाझियो

अर्थमन्त्रालयले प्रेषण गरेको विज्ञप्तिमै यो विषयमा दुईजनाको फरक धारणा सार्वजनिक भएको हो। 

images
images

काठमाडौं- सार्वजनिक संस्थान सञ्चालनको विषयलाई लिएर अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको धारणा बाझिएको छ। 

images
images
images

अर्थमन्त्रालयले प्रेषण गरेको विज्ञप्तिमै यो विषयमा दुईजनाको फरक धारणा सार्वजनिक भएको हो। 

images
images

विज्ञप्तिमा बन्द अवस्थामा रहेका सरकारी उद्योगहरु सञ्चालन गर्ने रहेको र गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ उल्लेख गरिएको छ। 
 
'मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरु संचालन गर्ने गरी तयारी भैरहेको जानकारी समेत दिनुभयो । धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योगहरु नयाँ मोडालिटी बनाएर संचालन गरिने उहाँले बताउनुभयो' मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

images
images

तर सोही विज्ञप्तिमा राष्ट्रिय योजना  आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले उत्पादक नहुने संस्थानहरुको सञ्चालनमाथि प्रश्न उठाएको उल्लेख गरिएको छ। 

'यस्तै डा. पौडेलले मुलुकको राजश्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानहरुको औचित्यमा प्रश्न उठाउनुभयो' विज्ञप्तिमा उल्लेख गरिएको छ। 


प्रकाशित : आइतबार, असोज २४ २०७८०९:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend