बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

अव्यस्थित तार इन्टरनेट सेवाप्रदायकले व्यवस्थापन नगरे आफैँ हटाइदिने विद्युत प्राधिकरणको चेतावनी 

images
आइतबार, मंसिर १८ २०७९
images
अव्यस्थित तार इन्टरनेट सेवाप्रदायकले व्यवस्थापन नगरे आफैँ हटाइदिने विद्युत प्राधिकरणको चेतावनी 

कात्तिक १५ मै निर्देशन दिएको थियो। तर अहिलेसम्म पनि अवस्थिति तारको व्यवस्थापन नभएको भन्दै प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका पोलमा अनावश्यक रुपमा झुन्डिएका इन्टरनेट केबलका तार तथा डिभाइसको व्यवस्थापन समयमै नगरिए आफै हटाइदिने प्राधिकरणले चेतावनी दिएको छ। 

images
images
images

यसअघि ४५ दिनभित्र हटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म सन्तोषजनक प्रगति नभएको भन्दै प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई चेतावनी दिएको छ। 

images
images

कात्तिक १५ मै निर्देशन दिएको थियो। तर अहिलेसम्म पनि अवस्थिति तारको व्यवस्थापन नभएको भन्दै प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ। 

images
images

तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू  प्राधिकरण आफैँले हटाउने हुँदा यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट/केबल टी. भी. / दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुने चेतावनीयुक्त सार्वजनिक सूचना जारी भएको छ। 

इन्टरनेट सेवाप्रदायकहरूले पछिल्लो समय काठमाडौं उपत्यकामा तारको व्यवस्थान गरिरहेका छन्। यद्यपि सबैले नगरेको पाइएको प्राधिकरणले जानकारी गराएको छ। 

उपयोग नभएका तार पनि पोलमा झुन्डिँदा सहर कुरुप देखिएको तथा आधारभूत सेवाप्रवाहमा समेत असर देखिएको प्राधिकरणले उल्लेख गर्दै आएको छ। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend