बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन 

images
आइतबार, मंसिर १८ २०७९
images
सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन 

यसअघि काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा खाली गराउनका लागि नदि किनाराका बस्ती हटाउन खोजेको थियो। 

images
images

काठमाडौं- उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएको अवैध संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। 

images
images
images

उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि तय भएको  मापदण्ड कार्यान्वयनका लागि प्राधिकरणले सार्वनिक जग्गा अतिक्रमण गरी निर्माण भएको संरचना खाली गर्न निर्देशन दिएको हो। 

images
images

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ ले अनुसार  मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार प्राधिकरणलाई दिएकाले यस्तो सूचना जारी गरिएको हो। 

images
images

काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी लगायतका सार्वजनिक जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गरी सो को जानकारी यस प्राधिकरणलाई गराउन प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो। 

यदि ३५ दिनभित्र संरचना नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले आफै हटाउने चेतावनी दिएको छ। यसरी हटाउँदा लागेको लात सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने प्राधिकरणले जानकारी गराएको छ। 

यसअघि काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा खाली गराउनका लागि नदि किनाराका बस्ती हटाउन खोजेको थियो। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend