बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

आवेदन दिएको ५ दिनभित्र मिटर कनेक्सन नभए फोन गर्न विद्युत प्राधिकरणको आव्हान 

images
आइतबार, मंसिर १८ २०७९
images
आवेदन दिएको ५ दिनभित्र मिटर कनेक्सन नभए फोन गर्न विद्युत प्राधिकरणको आव्हान 

यसरी ५ र १० दिनभित्र जोडिनुपर्ने मिटर नजोडिएमा ९८५१३२२११७ नम्बरमा फोन गर्न प्राधिकरणले आग्रह गरेको छ। 

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई द्रुत सेवा दिनका लागि उपभोक्ता सेवा युनिट बनाएको छ। 

images
images
images

सेवा सुविधामा ढिलासुस्ती भएमा केन्द्रीय अनुमगन गर्ने व्यवस्था प्राधिकरणले मिलाएको छ। 

images
images

कुनै पनि ग्राहकले सिंगल मिटर कनेक्सनका लागि आवेदन दिएको पाँच दिनभित्र जोडिने यदि त्यो अवधिमा नभएमा फोन गर्न आग्रह गरेको छ। 

images
images

सम्बन्धित कार्यालयबाट सेवा सुविधा नपुगेमा प्राधिकरणले अतिरिक्त नियमन गर्ने भएको छ। 

त्यस्तै थ्री फेज मिटर कनेक्सनका लागि आवेदन दिएको १० दिनभित्र नजोडिएमा पनि फोन गर्न आग्रह गरेको छ। जीआईएस गर्नुपर्ने भएमा भने केही समय ढिला हुने छ। 

यसरी ५ र १० दिनभित्र जोडिनुपर्ने मिटर नजोडिएमा ९८५१३२२११७ नम्बरमा फोन गर्न प्राधिकरणले आग्रह गरेको छ। 

सम्बन्धित कार्यालयबाट सेवामा ढिलाइ भएमा प्राधिकरणले केन्द्रीय स्तरबाट निर्देशन तथा अनुगमन गर्ने संयन्त्र बनाएको छ। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend