बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

भारतबाट घटेर आए पनि आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर १७ २०७९
images
भारतबाट घटेर आए पनि आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा  केही घटेर आएको छ।

images
images

काठमाडौं-  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ। निगम हाल  २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।
 
निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा  केही घटेर आएको छ।

images
images
images

'मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर रु दुई सय ७७.०२ घाटा भइरहेको छ', विज्ञप्तिमा उल्लेख छ, 'निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब  २७ अर्ब तिर्न बाँकी छ।'

images
images

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा   ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब  ५८ करोड नाफा हुने निगमले जनाएको छ ।

images
images

रासस


प्रकाशित : शनिबार, मंसिर १७ २०७९०८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend