बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

माईक्रोसफ्ट स्टार्टअप्स फाउण्डर्स हब नेपालमा सुरू हुँदै 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १६ २०७९
images
माईक्रोसफ्ट स्टार्टअप्स फाउण्डर्स हब नेपालमा सुरू हुँदै 

यो कार्यक्रमा माइक्रोसफ्टले सेसनहरु सञ्चालन गर्ने छ। इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धीले स्टोरी सेयरिङ गर्ने अवसर पाउने छन्। 

images
images

काठमाडौं- टेकजायन्ट  माइक्रोसफ्टले नेपाली स्टार्टअपहरुको लागि माइक्रोफ्ट फाउण्डर्स हब आजदेखि सुरु गर्ने भएको छ। 

images
images
images

माइक्रोसफ्टले शुक्रवार इस्लिङ्टन कलेजमा कार्यक्रमको आयोजना गर्दै नेपालको लागि फाउण्डर्स हब सार्वजनिक गर्ने भएको छ।  आइसीटी अवार्ड कार्यक्रमसँगको सहकार्यमा नेपालमा फाउण्डर्स हब सुरु गर्न लागिएको हो। 

images
images

यो कार्यक्रमा माइक्रोसफ्टले सेसनहरु सञ्चालन गर्ने छ। इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धीले स्टोरी सेयरिङ गर्ने अवसर पाउने छन्। 

images
images

माइक्रोसफ्टको फाउण्डर्स हब स्टार्टअपहरुको लागि एउटा नयाँ प्लाटफर्म हो, जसले कम्पनी विकास गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै विभिन्न किसिमले सहयोग पुर्याउनेछ । यस प्लाटफर्मले स्टार्टअपहरुको लागि आवश्यक प्रविधि र स्रोतहरुमा निशुल्क पहुच प्रदान गर्दछ । यसले स्टार्टअपहरुले आफ्नो यात्रामा कहाँ र कस्तो अवस्थामा छन, त्यसको पहिचान गरी आवश्यक सहयोग र मार्गदर्शन गर्नेछ । प्रारम्भिक स्टार्टअपहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यस प्लाटफर्मले नयाँ आइडिया र विचारहरुलाई डिजिटल इकोसिस्टममा समेट्ने प्रयास गर्दछ।
 
शुक्रवार आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थिति हुनेछ । यसैगरी माइक्रोसफ्टको तर्फबाट सफल केहि स्टार्टअपहरुले पनि आफ्नो सफलताको कथा प्रस्तुत गर्नेछन्। 


प्रकाशित : शुक्रबार, मंसिर १६ २०७९०६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend