सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

नोभेम्बर महिनामा मै भित्रिए साढे ७२ हजारभन्दा बढी पर्यटक

images
बिहीबार , मंसिर १५ २०७९
images
images
नोभेम्बर महिनामा मै भित्रिए साढे ७२ हजारभन्दा बढी पर्यटक
images
images

काठमाडौं- सन् २०२२ को नोभेम्बर महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या साढे ७२ हजारभन्दा बढी पुगेको छ।

images

अध्यागमन विभागका अनुसार नोभेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ७२ हजार ६ सय ५३रहेको छ।

images
images

नोभेम्बर महिनामा सबैभन्दा बढी पर्यटक भारतका रहेका छन्। भारतबाट मात्रै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २० हजार ५ सय ३२ रहेको छ।

images
images
images

यसैगरी दोस्रोमा अमिरकी पर्यटक रहेका छन्। अमेरिकाबाट ७ हजार ८ सय ३१ जना नेपाल भ्रमणमा आएका छन्।

अध्यागमन विभागका अनुसार सार्क देशहरुबाट २४ हजार ५ सय ९९, सार्क देशबाहेकका एसियाबाट ९ हजार ४ सय १५, युरोपबाट १७ हजार  २ सय २९, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट ३ हजार ७ सय ७७, मिडईस्टबाट ८ सय ७६ र अमेरिकी मुलुकहरुबाट ९  हजार १५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।


प्रकाशित : बिहीबार , मंसिर १५ २०७९१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend