बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने मन्त्री चौधरीको घोषणा 

images
बुधबार, मंसिर १४ २०७९
images
मङ्सिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने मन्त्री चौधरीको घोषणा 

सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए। थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएको उनको भनाइ छ। 

images
images

मेलम्ची- खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। 

images
images
images

मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरु गरिने बताए। 

images
images

जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले जानकारी दिए। 

images
images

मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए। 

विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने उनले बताए। 

सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए। थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएको उनको भनाइ छ। 


माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको उनले बताए। 

अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर  ३४ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अब करिब ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालले बताए। 

रासस


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend