बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

कनिका निर्यातमा लागेको प्रतिबन्ध हटायो भारतले, चामलको निर्यात कर यथावत 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १४ २०७९
images
कनिका निर्यातमा लागेको प्रतिबन्ध हटायो भारतले, चामलको निर्यात कर यथावत 

गैरबासमति अर्गानिक चामलको निर्यातमा लागेको २० प्रतिशत कर भने अझै यथावत रहेको छ। 

images
images

काठमाडौं- भारत सरकारले चामलको कनिका निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। 

images
images
images

आन्तरिक बजारमा आपूर्ति बढाउन तथा मूल्यवृद्धि नियन्त्रणका लागि भन्दै भारत सरकारले कनिका तथा गैरबासमति अर्गानिक चामलको निर्यातमा रोक लगाएको थियो। 

images
images

धान उत्पादनमा गिरवाट आउने प्रक्षेपनपछि भारत सरकारले लगाएको कनिका तथा गैरबासमति अर्गानिक चामलको निर्यात खुलेसँगै अब निर्वाध  निर्या हुने भएको छ। 

images
images

नेपालमा मदिरा तथा स्प्रिट उद्योगका लागि आवश्यक कनिका भारतबाट आइरहेको थियो। भारतले प्रतिबन्ध लगाएपछि उद्योगी प्रभावित भएका थिए। 

गैरबासमति अर्गानिक चामलको निर्यातमा लागेको २० प्रतिशत कर भने अझै यथावत रहेको छ। 

संसारभर खाद्यान्न आपूर्तिमा समस्या आएको र भारतमा धानको खेती घटेका कारणले भारतले निर्यातमा कडाइ गर्न खोजेको थियो।  हो। यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ। 

भारत संसारकै दोस्रो धान उत्पादक देश हो। धान/चामलको विश्वव्यापी चामलमा भारतले ४० प्रतिशत हिस्सा ओगट्दै आएको छ। वर्ष सन् २०२१/२२ मा मात्र भारतले कूल २ करोड १२ लाख टन चामल निर्यात गरेको थियो। बासमती बाहेककै चामल  मात्र भारतले ६.११ अर्ब डलरको निर्यात गरेको थियो। 

संसारका १५० भन्दा धेरै देशमा चामल निर्यात गर्ने भारतको यो निर्णयबाट नेपाल पनि प्रभावित हुने भएको छ। नेपालमा अधिकांश चामल भारतबाटै आयात हुँदै आएको छ। 

आन्तरिक बजारमा आपूर्ति बढाउनका लागि निर्यातमा कडाइ गरेपछि शोधनान्तर अवस्था खराब हुँदै गएपछि भारतले पछिल्लो समय निर्यात खुकुलो पार्दै आएको छ। केही समयअघि स्टिल निर्यातमा खुकुलो गरेको थियो। 


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०६:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend