बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

प्रत्यक्षतर्फ कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ एमाले, अन्य कुनको कति ?

images
बुधबार, मंसिर १४ २०७९
images
प्रत्यक्षतर्फ कांग्रेस पहिलो हुँदा समानुपातिकतर्फ एमाले, अन्य कुनको कति ?

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

images
images

काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ।

images
images
images

अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

images
images

एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ।

images
images

जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।


प्रकाशित : बुधबार, मंसिर १४ २०७९०२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend