शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आफ्नो भवन बनाउँदै सडक विभाग, वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचना

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
आफ्नो भवन बनाउँदै सडक विभाग, वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचना

सडक विभागले आफ्नो भवन बनाउने भएको छ। यसका लागि विभागले भवन निर्माणका लागि वातावारणीय प्रभाव मूल्यांकन (इआइए) का लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ। 

काठमाडौं- सडक विभागले आफ्नो भवन बनाउने भएको छ। यसका लागि विभागले भवन निर्माणका लागि वातावारणीय प्रभाव मूल्यांकन (ईआईए) का लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ। 

बबरमहलमा रहेको केन्द्रीय कार्यालय २०७२ मा आएको भूकम्पका कारण क्षति भएको थियो। हाल विभाग ललितपुरको चाकुपाटमा रहेको विभाग अन्तर्गतकै यान्त्रिक कार्यालयमा राखिएको छ। 

विभागको केन्द्रीय भवन काठमाडौं महानगरपालिक वडा नम्बर ३१ मा बन्ने छ। सो भवनको निर्माण क्षेत्र १३ हजार २ सय ९८.१२ वर्ग मिटरमा फैलने छ। विभागले साउन २९ गते सूचना प्रकाशित गरेर ७ दिन भित्र ३ वटा परामर्श कम्पनीलाई राय सुझाव पेस गर्न भनेको छ। 

परामर्शदाताका रुपमा ए नट आर्किटेक्चर एन्ड आर्किटेक्ट, होमल्यान्ड कन्सलटेन्सी प्रालि र आइटीइको नेपाल प्रालि रहेका छन्।

sadak bibhag tendor.jpg


प्रकाशित : आइतबार, साउन ३१ २०७८०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend