बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

तीन महिनामा ९ वाणिज्य बैंकलाई कारबाही 

images
मंगलबार, मंसिर १३ २०७९
images
तीन महिनामा ९ वाणिज्य बैंकलाई कारबाही 

चालु आर्थिक वर्षको तीन महिनामा नियम तथा निर्देशन पालना नगर्ने वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ। विभिन्न विषयका निमय तथा निर्देशन पालना नगर्ने सरकारीसहितका वाणिज्य बैंकहरू कारबाहीमा परेको नेपाल राष्ट्रले जानकारी दिएको छ। 

images
images

काठमाडौं- प्रचलित नियम तथा नियामकीय निर्देशन पालना नगर्ने ९ वाणिज्य बैंक कारबाहीमा परेका छन्। 

images
images
images

चालु आर्थिक वर्षको तीन महिनामा नियम तथा निर्देशन पालना नगर्ने वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ। विभिन्न विषयका निमय तथा निर्देशन पालना नगर्ने सरकारीसहितका वाणिज्य बैंकहरू कारबाहीमा परेको नेपाल राष्ट्रले जानकारी दिएको छ। 

images
images

राष्ट्र बैंकले जरिबाना तथा सचेत गराएको छ। 

images
images

नेपाल राष्ट्र बैंकले जारी गरेको सम्पत्ती शुद्धीकरणसम्बन्धी निर्देशन पालना नगरेको कृषि विकास बैंकलाई २० लाख जरिबाना तिराएको राष्ट्र बैंकले तोकिएको विपन्न वर्गमा कर्जा प्रवाह नगरेको भन्दै बैंक अफ काठमाण्डूलाई २ करोड ११ लाख जरिबाना तिराएको छ। 

राष्ट्र बैंकले रोक्का राखेका खताहरू पनि सञ्चालनमा राखेका प्रभु बैंक, बैंक अफ काठमाण्डू, कुमारी र प्राइम बैंकलाई नियमकीय सचेतना दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ। त्यस्तै जथाभावी कर्जाको प्रिमियम बढाएको भन्दै हिमालयन, मेगा, सनराइज र ग्लोबल आईएमई बैंकलाई पनि सचेत गराइएको छ। 

 


प्रकाशित : मंगलबार, मंसिर १३ २०७९०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend