बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

सीके राउतको पार्टी राष्ट्रिय पार्टी बन्दै, माधव नेपालको नेकपा एसको के होला?

images
सोमबार, मंसिर १२ २०७९
images
सीके राउतको पार्टी राष्ट्रिय पार्टी बन्दै, माधव नेपालको नेकपा एसको के होला?

पहिलो पटक स‌ंसदीय निर्वाचनमा सहभागी भएको सीके राउतको 'जनमत पार्टी' राष्ट्रिय पार्टी हुने  भएको छ।

images
images

काठमाडौं- पहिलो पटक स‌ंसदीय निर्वाचनमा सहभागी भएको सीके राउतको 'जनमत पार्टी' राष्ट्रिय पार्टी हुने  भएको छ।

images
images
images

निर्वाचन आयोगले सोमबार राति साढे ९ बजेसम्म प्रतिनिधि सभातर्फको समानुपातिकको गणना गर्दै सार्वजनिक गरेको सदरमतमा जनमत पार्टीले राष्ट्रिय पार्टी हुनका लागि आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड कटाएको हो।

images
images

आयोगले अहिलेसम्म कुल  ९४ लाख ६२ हजार ९ सय ८ सदर मत गणना भइसकेको जनाएको छ। जसमा जनमत पार्टीले २ लाख ८४ हजार ८ सय ६८ मत पाएको छ।

images
images

यो मत कुल सदर मतको ३.०१ प्रतिशत हो। जनमतको प्रभाव क्षेत्र रहेको तराईको केही क्षेत्रमा अझै मतगणना जारी रहेका कारण जनमत पार्टी राष्ट्रिय पार्टी बने आधार बलियो देखिएको छ।

जनमतले प्रत्यक्षमा भने एक सिटमा जित निकालेको थियो। जनमत पार्टीका अध्यक्ष सीके राउतले  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो मतान्तरले हराएका थिए।

तर नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नेकपा एसले भने अहिलेसम्म २ लाख ६१ हजार ९ सय २९ मत पाएको छ। यो कुल सदर मतको २.७६ प्रतिशत हो। 

३ प्रतिशत थ्रेसहोल्ड कटाउने पार्टीका मत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)-२५,६३,६२८

नेपाली काँग्रेस-२४,३१,२०४

माओवादी केन्द्र-१०,८७,२७९

राष्ट्रिय स्वतन्त्र पार्टी-१०,६८,५७८

राष्ट्रिय प्रजातन्त्र पार्टी-५,४८,६३५

जनता समाजवादी पार्टी, नेपाल -३,४१,३२९

जनमत पार्टी -२,८४,८६८


प्रकाशित : सोमबार, मंसिर १२ २०७९१६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend