शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अनलाइन ठगीबाट कसरी जोगिने? यस्ता छन् प्रहरीका ८ टिप्स

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १२ २०७९
अनलाइन ठगीबाट कसरी जोगिने? यस्ता छन् प्रहरीका ८ टिप्स

पछिल्ला घटना तथा प्रवृत्तिबाट समान चरित्रका गतिविधि भेटिएको र त्यस्ता गतिविधिबाट सचेत रहन प्रहरीले सचेत गराएको छ। 

काठमाडौं- इन्टरनेटको माध्यमबाट प्रलोभनमा पारी सर्वसधारण ठगिने घटना पछिल्लो समय बढेको भन्दै नेपाल प्रहरीले सचेत रहन सर्वसाधारणमा आग्रह गरेको छ। 

विगत केही समयदेखि ब्यक्ति / आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत उल्लेखित प्रवृत्ति अपनाउदै अनलाइनबाट ठगी गर्ने कार्य बढ्दै गइरहेकाले सचेत रहन नागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ। 

पछिल्ला घटना तथा प्रवृत्तिबाट समान चरित्रका गतिविधि भेटिएको र त्यस्ता गतिविधिबाट सचेत रहन प्रहरीले सचेत गराएको छ। 

अनलाइन ठगीबाट कसरी बच्ने? यस्ता छन् प्रहरीका टिप्स

१ इन्टरनेटमा मात्रै चिनजान भएको साथीले उपहार पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त उपहार प्राप्त गर्न कर चुक्ता गर्नुपर्ने बाहाना बनाई रकम माग गर्ने ।

२ तपाईको नाममा अनलाईन चिठ्ठा पर्यो, उक्त चिठ्ठा प्राप्त गर्नको लागि कर चुक्ताको विभिन्न बाहाना बनाई रकम माग गर्ने ।

३ सामाजिक सञ्जाल ह्याक गरी उक्त सामाजिक सञ्जाल प्रयोग कर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बर- बाहानामा रकम माग गर्ने ।

४ साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनि ओटीपी माग गरी सम्बन्धीत खातावालाको खाताबाट रकम निकाल्ने ।

५  अनलाईनमा सस्तोमा सामान बिक्रीमा राख्ने र समान पठाउनु पहिलेनै रकम असुल गरी सामान आपुर्ति  नगर्ने ।

६ सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी अनेकन बाहाना बनाई बैङ्कको खाता खोल्न लगाई एटीएम कार्ड, ओटीपी लगायतको विवरण लिने ।

७ भिडियो भाइरल गरीदिन्छु भनि रकम माग गर्ने ।

८ क्रिप्टोकरेन्सी / बिटक्वाइनमा लगानी गरे आर्थिक लाभ/फाईदा तुरुन्त डबल हुन्छ भनि रकम माग गर्ने

 


प्रकाशित : सोमबार, मंसिर १२ २०७९११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend