बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

रास्वपाले समानुपातिकमा फेरि उछिन्यो माओवादीलाई, माधव नेपालको पार्टी राष्ट्रिय पार्टी हुने सम्भावन टर्दै

images
आइतबार, मंसिर ११ २०७९
images
रास्वपाले समानुपातिकमा फेरि उछिन्यो माओवादीलाई, माधव नेपालको पार्टी राष्ट्रिय पार्टी हुने सम्भावन टर्दै
images
images

काठमाडौं- आइतबार साँझ सवा ९ बजेसम्म निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभाको अन्तर्गतको समानुपातिक तर्फ ९० लाख ९३ हजार  ७ सय ६१  सदर मत गणना भएको छ। जसमा सबैभन्दा बढी मत नेकपा एमाले पाएको छ। एमालले २४ लाख ७८ हजार ५४४ मत पाएको छ।

images
images
images

यसैगरी कांग्रेसले २३ लाख ५६ हजार १९०  मत पाएको छ। यता माओवादीलाई उछिन्दै रास्वपा तेस्रो स्थानमा उक्लिएको छ। रास्वपाले १० लाख ४८ लाख ९०३ मत पाउँदा माओवादीले १० लाख ३७ हजार २२७ मत पाएको छ। राप्रपाले ५ लाख ३७ हजार ८०१, जसपा ३ लाख ९ हजार ५८६ मत पाएको छ।

images
images

३ प्रतिशतको थ्रेसहोल्डमा लागि प्रतिस्पर्धा गरिरहेका जनमतले २ लाख ४३ हजार, समाजवादीले २ लाख ४१ हजार र नागरिक उन्मुक्तीले २ लाख ३३ हजार मत पाएका छन्। अहिलेसम्मको मतमा जनमतले २.६७ र समाजवादीले २.६७ प्रतिशत मात्रै भएको छ। अब १० लाखभन्दा कम सदर मत हुने सक्ने आकलन निर्वाचन आयोगको छ। 

images
images


प्रकाशित : आइतबार, मंसिर ११ २०७९१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend