बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा कम

images
आइतबार, मंसिर ११ २०७९
images
पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा कम

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो। यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार संकलन भएको देखिएको हो।
  
विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर संकलन भएको छ। कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार रुपैयाँ आयकर संकलन गर्ने सरकारी लक्ष्य छ। यो अवधिसम्मको वास्तविक आयकर संकलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रुपैयाँ रहेको छ। 

images
images
images

गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार रुपैयाँ आयकर संकलन भएको थियो। पहिलो चौमासिकमा भ्याट असुली पनि लक्ष्यभन्दा न्यून छ। कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार रुपैयाँ भ्याट संकलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबर मात्रै असुली भएको हो। 

images
images

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो। यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख चार हजार रुपैयाँ अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार रुपैयाँ असुली भएको हो।

images
images

 सो असुली पहिलो चौमासिक लक्ष्यको एक सय १२ दशमलव ९२ प्रतिशत बराबर हो। त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ। कात्तिक मसान्तसम्ममा एक अर्ब ६९ करोड १३ लाख रुपैयाँ घरबहाल कर उठाउने विभागको लक्ष्य छ। यो अवधिमा ६४ करोड ४२ लाख तीन हजार रुपैयाँ बराबर मात्रै उठेको हो। 

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ। यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार रुपैयाँ मात्रै उठेको छ। स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ।

पहिलो चौमासिकमा एक अर्ब ३६ करोड ११ लाख २० हजार रुपैयाँ बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा एक सय ८३ दशमलव १५ प्रतिशत अर्थात् दुई अर्ब ४९ करोड २९ लाख १६ हजार रुपैयाँ असुली भएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend