बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

उत्कृष्ट करदाता सम्मानित

images
आइतबार, मंसिर ११ २०७९
images
उत्कृष्ट करदाता सम्मानित

करको दायरामा ल्याउनलाई जागरुक बनाउने उद्देश्यअनुरुप राष्ट्रिय कर दिवस-२०७९ को अवसरमा तीन जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मानपत्र प्रदान गरिएको हो।

images
images

त्रिशुली- नुवाकोट, रसुवा र धादिङबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन्।

images
images
images

करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको विदुर नगरपालिका-४ मा रहेको ओम शिवशक्ति सप्लायर्सका सञ्चालक राजेन्द्र श्रेष्ठ र सार्वजनिक संस्थातर्फ नुवाकोटको ककनी गाउँपालिका-६ मा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको हो।  

images
images

कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठका अनुसार सर्वाधिक कर तिर्ने करदातालाई प्रोत्साहन र उद्योगी÷प्रतिष्ठानलाई करको दायरामा ल्याउनलाई जागरुक बनाउने उद्देश्यअनुरुप राष्ट्रिय कर दिवस-२०७९ को अवसरमा तीन जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मानपत्र प्रदान गरिएको हो।

images
images

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारासहित यो वर्ष मनाइएको कर सप्ताह आमनिर्वाचनका कारण नियमित कार्यक्रम प्रभावित भए पनि करको दायरासम्बन्धी अन्तक्र्रिया, छलफल, कर शिक्षा प्रवाहसहित उत्कृष्ट करदातालाई सम्मान गरेर मनाइएको छ।

नेपालमा विसं २०५४ मा आधुनिक करको रूपमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याएसँगै यसलाई दिवससहित सप्ताहव्यापीरूपमा मनाउन थालिएको हो। रासस


प्रकाशित : आइतबार, मंसिर ११ २०७९०४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend