शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

निर्माणमा माग घट्दा उद्योग समस्यामा परेको गभर्नर अधिकारीको स्वीकारोक्ति

images
शुक्रबार, मंसिर ९ २०७९
images
निर्माणमा माग घट्दा उद्योग समस्यामा परेको गभर्नर अधिकारीको स्वीकारोक्ति

समस्या अन्य क्षेत्रमा पनि छ। तर निर्माणको क्षेत्रमा बढी समस्या देखिएको व्यवसायीको भनाइ छ। उद्योगलाई परेको समस्या देशकै समस्या हो भनेर समयमै समाधनको बाटो नखोज्ने हो भने सम्रग वित्तीय प्रणालीमै असर गर्ने व्यवसायीहरू बताउँछन्। 

images
images

काठमाडौं- बजार माग घटेसँगै सिमेन्टको उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ। उत्पादन र बजार माग घट्दा सिमेन्ट उद्योग वित्तीय संकटउन्मुख छन्।

images
images
images

एक सिमेन्ट उद्योगीका अनुसार पछिल्ला दिनहरूमा क्लिङकर उत्पादनमा ७० प्रतिशतसम्म गिरवाट आएको छ। उत्पादनमा गिरावटसँगै कुनै पनि सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

images
images

नेपालमा अहिले ५ दर्जनको हाराहारीमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन्। तर बजार माग घटेसँगै एकाध उद्योग महिनामा १५ देखि २० दिन मात्रै सञ्चालनमा छन्। अधिकांश उद्योगको उत्पादन नै बन्द भइसकेका छन्। आफै क्लिङकर पनि उत्पादन गर्ने र ग्रान्डिङ गरेर सिमेन्ट उत्पादन गर्ने उद्योग ३० प्रतिशतको क्षमतामा सञ्चालन भएपनि ग्रान्डिङ मात्रै गर्ने सिमेन्ट उद्योग अहिले बन्द भइरहेका छन्। 

images
images

निर्माण उद्योगमा माग घटेको कुरा नेपाल राष्ट्र बैंका गभर्नर महाप्रसाद अधिकारीले स्वीकार गरेका छन्। सर्वाङ्‍गिण विकास अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले निर्माण उद्योग प्रभावित भएको बताएका हुन्। 

निर्माण उद्योग कमजोर भएकाले सिमेन्ट छड तथा स्टिल उद्योगको क्षेत्रमा असर परेको उनले बताए। 

समग्र अर्थमन्त्रमा मन्दीकै संकेत भने नदेखिएको उनले बताए। 

'बजारमा केही माग पनि घटेको छ। तर कारोबार, चेक क्लेरेन्सको तथ्यांकले त्यति धेरै नकारात्मक असर  गरेको देखिँदैन। निर्माण क्षेत्रका केही उद्योगमा बाहेक' उनले भने। 

नेपाली उद्योगबाट दैनिक ३७ हजारदेखि ४० हजार मेट्रिक टन क्लिङकर उत्पादनको क्षमता भएपनि अहिले मुस्किलले दैनिक १३ हजार मेट्रिक टन मात्रै क्लिङकर उत्पादन भइरहको छ।

देश नै चरम आर्थिक संकटमा छ। जसरी कोरोनाकालमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्‍यो, अहिले अर्थतन्त्रमा आएको मन्दीको असर सबैभन्दा बढी निर्माण क्षेत्रमा देखिएको छ। जब रियलस्टेट क्षेत्रमा जारी हुने कर्जामा कडाइ गरियो तब निर्माण क्षेत्रमा असर परेको उद्योगीहरू बताउँछन्।

विश्वका अन्य देशमा अर्थतन्त्रमा समस्या आउँदा रियलस्टेट क्षेत्रमा सहज र सहुलियत दरमा कर्जा प्रभाव गरिने नीति लिइन्छ। तर नेपालमा त उल्टो भएको छ। जसका कारण व्यक्तिगत आवास निर्माणको काम नै ठप्प भएको छ भने सरकारी तवरबाट हुने विकास निमार्ण पनि ठप्प जस्तै छ।

समस्या अन्य क्षेत्रमा पनि छ। तर निर्माणको क्षेत्रमा बढी समस्या देखिएको व्यवसायीको भनाइ छ। उद्योगलाई परेको समस्या देशकै समस्या हो भनेर समयमै समाधनको बाटो नखोज्ने हो भने सम्रग वित्तीय प्रणालीमै असर गर्ने व्यवसायीहरू बताउँछन्। 

बैंक तथा वित्तीय संस्थाको कारोबार पनि असन्तुलित हुने र व्यवसायीको सम्पत्ति लिलामी सूचना प्रकाशित गर्नुभन्दा अन्य विकल्प सोच्नुपर्ने ती व्यवसायीको भनाइ छ।

सिमेन्ट उद्योगमा मात्रै १ खर्ब रुपैयाँभन्दा बढी बैंक तथा वित्तीय संस्थाको लगानी छ। यो रकम कुल बैंक तथा वित्तीय संस्थाको ऋण लगानीको २ प्रतिशतको हाराहारीमा हो। यो क्षेत्र वित्तीय संकटमा गएको अवस्थामा सम्रग अर्थतन्त्रमै समस्या आउने छ।


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend