काठमाडौं- यातायात व्यवस्था विभागले देशभरका सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्न पुन: ताकेता गरेको छ। यसअघि पनि विभागले सरकारी सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्न भनेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो। सोहीअनुसार यातायात व्यवस्था विभागले बिहीबार सबै सरकारी सवारीसाधनमा इम्बोस्ड जडान गर्न सूचना जारी गरेको हो।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गइ अनलाइन आवेदन दिन सकिनेछ। त्यसपछि नकिकैको यातायात व्यवस्था कार्यालयमा गइ राजस्व विवरण तिरी प्लेट जडान गर्न सकिन्छ।
मन्त्रालयले यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ अनुसार उक्त निर्णय गरेको हो।
