शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

समानुपातिकमा एमालले २३ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड नकटाउने साना दलको मत २५ प्रतिशत

शुक्रबार, मंसिर ९ २०७९
समानुपातिकमा एमालले २३ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड नकटाउने साना दलको मत २५ प्रतिशत

तीन प्रतिशत मत नकटाउने दलले समानुपातिकबाट कुनै पनि सिट पाउँदैनन्। 

काठमाडौं- निर्वाचन आयोगले अहिलेसम्म प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक तर्फ कुल ४५ लाख १७ हजार ५७ सदर मतको नतिजा सार्वजनिक गरेको छ।

जसमा सबैभन्दा बढी नेकपा एमालले १० लाख ४० हजार ६ सय २४ मत पाएको छ। जुन सदर मतको २३.०३ प्रतिशत हो।

यसैगरी नेपाली कांग्रेसले अहिलेसम्म ९ लाख ९६ हजार ३ सय १६ मत पाएको छ। कांग्रेसले सदर मतको २२.०५ प्रतिशत मत पाएको छ। यसैगरी रास्वपाले सदरमतको १०.८५, माओवादीले १०.१५ प्रतिशत,  राप्रपाले ५.८६ र जसपाले २.८९ प्रतिशत मत पाएको छ। जसपालाई अहिलेसम्म थ्रेसहोल्ड नकटाउने अवस्थामा रहेका ४१ पार्टीले पाएको मत भने ११ लाख ३५ हजार ७ सय ४९ मत पाएका छन्। यो मत सदर मतको २५.१४ प्रतिशत हो।

तीन प्रतिशत मत नकटाउने दलले समानुपातिकबाट कुनै पनि सिट पाउँदैनन्। 

कुन पार्टीको कति भोट?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)-१०४०६२४ (२३.०३ प्रतिशत)

नेपाली कांग्रेस- ९९६३१६ ( २२.०५ प्रतिशत)

राष्ट्रिय स्वतन्त्र पार्टी -४९०१३२ (१०.८५ प्रतिशत)

माओवादी- ४५८५७० (१०.१५ प्रतिशत)

राप्रपा- २६४८९७ (५.८६ प्रतिशतण)

जसपा- १३०७६९  (२.८९ प्रतिशत)

अन्य दल ११ लाख ३५ हजार ७ सय ४९ (२५.१४ प्रतिशत)


प्रकाशित : शुक्रबार, मंसिर ९ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend